TEWAN

पर्यटन व्यवसायी महिला संघ नेपाल (TEWAN) को आठौँ वार्षिक उत्सव , रमाइलो वनभोज, तथा महिला हिंसा विरुद्द सचेतना कार्यक्रम (लैंगिक हिंसा विरुद्ध को १६ दिने अभियान) संस्थाका अध्यक्ष शोभा न्यौपाने पाण्डे ज्यूको अध्यक्षतामा सफलतापूर्वक पामे पुल पोखरा २३ मा सम्पन्न भएको छ । कार्यक्रम लाई सफलतापूर्वक सम्पन्न गर्न उपस्थित हुनुभएका प्रमुख अतिथि नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका वरिष्ठ निर्देशक श्री मणिराज लामिछानेज्यू, पोखरा महानगरपालिका आर्थिक महाशाखाका प्रमुख श्री मनहर कडरिया ज्यू, पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख श्री नवराज अधिकारीज्यू, निवर्तमान अध्यक्ष कमला गिरी ज्यु, संस्थापक अध्यक्ष लक्की कार्की ज्यु, पुर्व अध्यक्ष रेनु थापा ज्यु, अधिवक्ता तारा शर्मा ज्यु पर्यटन संघ संस्था का उपस्थित अध्यक्ष एंव प्रतिनिधि ज्यूहरु, कार्यक्रम संयोजक जयादेवी कार्की ज्यु कार्यसमिति तथा सदस्य ज्युहरु , पत्रकार ज्युहरु तथा उपस्थित सम्पुर्ण मा हार्दिक आभार एंव धन्यवाद व्यक्त गर्दछौ । 🙏 कार्यक्रमलाई सफल, प्रभावशाली, भावनात्मक र उत्साहपूर्ण बनाउन हजुरहरुको सक्रिय सहभागिता, समर्थन, प्रेरणा र सद्भाव अमूल्य रह्यो। आगामी दिनहरूमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा राख्दछौ ।

महासचिव
शोभा अधिकारी पौडेल

https://www.facebook.com/share/p/1LVBfCmPiY/?mibextid=wwXIfr

https://www.facebook.com/share/1F3ztrQsxH/?mibextid=wwXIfr

Leave a Reply

Your email address will not be published. Required fields are marked *