पर्यटन व्यवसाय महिला संघ नेपाल (TEWAN) द्वारा आयोजना गरिएको “देउसी–भैलो तथा दीपावली शुभकामना आदान–प्रदान कार्यक्रम” संस्थाकी अध्यक्ष शोभा पाण्डे ज्युको होटल एडमायरमा सम्पन्न भएको छ।
हाम्रो धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका साथै सदस्यहरूबीच आपसी सम्बन्ध, एकता र सहकार्यलाई अझ सुदृढ बनाउनका लागि आयोजना गरिएको यस कार्यक्रमलाई सफल बनाउन सहयोग र उपस्थिती जनाउनु हुने सम्पूर्ण साथीहरू, सदस्यहरू र सहयोगी महानुभावहरू प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछौं।
साथै, कार्तिक महिनामा संस्थाको देउसी–भैलो कार्यक्रममा हजुरहरूले प्रदान गर्नुभएको कार्तिके दानको लागि विशेष धन्यवाद ज्ञापन गर्दछौं।
माता लक्ष्मीको कृपा दृष्टि सधैं रहोस् सबैमा शुभ–दीपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । 🙏🌺
शोभा पौडेल अधिकारी
महासचिव
पर्यटन व्यवसायी महिला संघ नेपाल
https://www.facebook.com/share/p/1LcJGovaQF/?mibextid=wwXIfr
https://www.facebook.com/share/r/1DMEd65mTd/?mibextid=wwXIfr